नरभक्षी पाटे बाघ नियन्त्रणमा

१८फागुन, नेपालगंज  । नरभक्षी पाटे बाघ लाइ नियन्त्रणमा लिइएकाे छ ।  तीन महिनादेखि बाँके काे राप्तीसोनारी गाउँपालिका लगायतको क्षेत्रमा आतंक मच्चाउदै आएको ठुलो पाटेबाघलाई बुधवार विहान बेहोस बनाएर नियन्त्रणमा लिईएको छ । वन डिभिजन कार्यालय बाँकेले दिएको जानकारी अनुसार राप्तीसोनारी वडा नम्बर ६ बाट बुधवार विहान बाघलाई बेहोस बनाउन सफलता मिलेको हो ।
वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलले राष्टिय प्रकृति कोष बर्दियाबाट आएको २ जनाको प्राविधिक टोलीले डट गनको माध्यमबाट पाटे बाघलाई बेहोस बनाएर निण्नत्रणमा लिइएको बताउनुभयो ।


उहाँले मंगलवार दिउँसो ३ बजे आहाराका लागि राखिएको पाडोलाई बाघले खाएको र पछि राती भएकोले खोज्न नसकेपनि बुधवार विहानै बाघ देखिएपछि डट गनको माध्यमबाट बेहोस बनाईएको बताउनुभयो । नियन्त्रणमा लिईएको बाघ भाले बाघ भएको र निकै ठुलो रहेको करिब ८ वर्ष उमेरको हुनसक्ने प्रमुख कँडेलले बताउनुभयो । बेहोस रहेको बाघलाई नेपालगंज ल्याएर खोरमा राख्न आफु लगायतको टोली गाउँबाट हिडिसकेको पनि उहाँले बताउनुभयो । सो बाघले तीन महिनाको अवधीमा मात्र ५ जनालाई मारेर खाएको तथा केहीलाई घाइते बनाएको र धेरैले भागेर ज्यान जोगाएका थिए ।