नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उप-महानगर कमिटी द्धारा शहीद परिवारलाई सम्मान

१७ फाल्गुन २०७८नेपालगंज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उप-महानगर कमिटीले शहीद सप्ताहअन्तर्गत नेपालगन्हीद परिवारलाई सम्मान गरेको छ जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेको स्मृतिसँग जोडेर शहीद सप्ताहअन्तर्गत शहीद परिवार सम्मान गरिएको हो। कार्यक्रममा सहीद भिषण राेकायको बैनि सारदा राेकाय,सहिद अनिरुद्र शर्माका श्रीमती सीता शर्मा ,शहिद भिएल बुढा राेशनकी श्रीमती कमला पंत,सहिद रमिता मल्लकि आमा मिना मल्ल , सहिद प्रेम रसाइलीका दाजु कर्ण रसाइली ,सहिद शिबराज ज्ञवालीकि भाउजू मञ्जु ज्ञवाली ,शहिद मैना कुमारी बरालका दाजु डिल्ली प्रशाद बराल ,लगाएत सहिद परिवारहरु लाई सम्मान गरिएकाे हाे।

कार्यक्रममा शहीद परिवारले शहीद जुन सपना देखेर बलिदानी दिए ती सपना अझै पूरा हुन नसकेको गुनासो गरेका थिए। उक्त सम्मान कार्यक्रम नेकपा माओवादी केन्द्र नेपालगन्ज उप-महानगरको कार्यालय सेतुविक चाेकमा सम्पन्न भएकाे छ । साे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लुम्बिनी प्रदेश कमिटी सदस्य, नेपालगन्ज उप-महानगर इन्चार्ज अकल बहादुर बम , प्रदेस कमिटी सदस्य नवीन शर्मा, डिल्ली बराल, नेपालगन्ज उप-महानगर कमिटी अध्यक्ष रतन बहादुर शाही,लगाएत नगरका नेता कार्याकर्ताकाे तथा सहिद परिवारहरुकाे सहभागीता रहेकाे थियाे। माओवादीले फागुन १४ देखि २१ गतेसम्म शहिद सप्ताह मनाउदै आएकाे छ ।