सुदूरपश्चिम प्रदेशमा सर्वदलीय बैठक जारी

२१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ ।सभामुखको कार्यकक्षमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरु सहभागी छन् ।

सर्वदलीय बैठकमा आजको प्रदेश सभा बैठकको कार्यसूची लगायत विषयमा छलफल भइरहेको छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिंदैछन् । त्यसअघि दलहरुको आन्तरिक बैठक पनि जारी छ ।