नेपालले पीएनजीविरुद्ध बलिङ गर्ने

१५ फागुन २०७९ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजदेखि यूएईमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोज्दै पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

यो शृङ्खलाको पहिलो खेलमा नेपालका युवा फास्ट बलर प्रतिश जिसीले ओडीआईमा डेब्यु गरेका छन् । यो शृङ्खलामा नेपालले यूएई र पीएनजीसँग दुई/दुई खेल खेल्नेछ ।