रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी २२ गते

१२ पुस २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी आगामी पुस २२ गतेलाई तोकिएको छ । उक्त मुद्दामा संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै युवराज पौडेले दायर गरको रिट निवेदनमाथि सर्वोच्चको संवैधानिक इजलासले सुनुवाई गरिरहेको हो । निवेदकहरुले माग गरेअनुसारको अन्तरिम आदेशका सम्वन्धमा दुवै पक्ष राखि अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा पुस २२ गते टुंगो लाग्नेछ ।