जापानसँग हार्‍यो जर्मनी

७ मंसिर २०७९ काठमाडौं । विश्वकप फुटबलको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ । बुधवार भएको पहिलो खेलमा पहिलो हाफमा १-० ले पछि परेको जापानले पुनरागमन गरेको हो ।

 

जापानका लागि रिस्तु दोनाले ७५ औं मिनेटमा गोल गर्दै बराबरी दिलाए । ताकुमा सानोले ८३ औं मिनेटमा गोल गर्दै जापानलाई २-१ गोलको जित दिलाए । यसअघि जर्मनीका लागि खेलको ३३ औं मिनेटमा गुन्डिगनले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । आजको खेलमा जित निकाल्दै जापानले ३ अंक जोडेको छ