ओलीले सांसदहरुलाई बिदाइ गर्दै भने–भोलिदेखी हामी संसदमा उपस्थित हुनेछैनौ


३१ भदौ २०७९काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताएका छन् । एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउनेगरी खटिन निर्देशन समेत दिए । ‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘जो जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।

उनले पार्टी स्पिरिटमा सबै चल्न सक्नुपर्ने पनि बताए । ‘हामीबाट कुनै प्रकारको असन्तुष्टि देखिएर अरुले सम्झाउनेगरी होइन,उच्चस्तरको सांस्कृतिक उचाई राखेर अघि बढ्नुपर्छ’, ओलीको भनाइ उदृत गर्दै नेता खिमलाल भट्टराईले भने, ‘हामी आन्दोलन छोडुवा र पार्टी फोडुवा होइनौं । अध्यक्ष ओलीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा भएको पनि बताएका छन् ।

‘हामीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा गरेका छौ । सवै माननीयहरूलाई हार्दिक बधाई, दशै लगायत सबै चाडपर्वको शुभकामना, ओलीले सांसदहरुलाई चाडपर्वको शुभकामना दिँदै भने, ‘भोलिदेखि कुनैपनि हिसाबले संसद राख्न खोज्नु तमासा मात्र हो । भोलिबाट हामी प्रचलन अनुसार नै संसदमा उपस्थित हुने छैनौं ।