बाँके निर्वाचन क्षेत्र  नं. २ जसपा बाट मन्त्री माे. इस्तियाक राई सिफारिस

१७ भदाैं २०७९ नेपालगंज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनकाे लागि राजनीतिक दलहरुले आफ्नाे सक्रियता बढाएका छन । यस्तै बाँके निर्वाचन क्षेत्र  नं. २ बाट जनता समाजवादी पार्टी (जसपा)ले भाैतिक पूर्वाधार तथा यातायत मन्त्री माे. इस्तियाक राई लाई एकल सिफारिस गरेकाे छ । क्षेत्र नं. ३ बाट प्रमाेद यादव र मनाेज कुमार दीक्षितकाे नाम सिफारिस गरीएकाे जसपा बाँके सचिब राजेन्द्र बिश्वकर्माले बताए ।

प्रदेश सभा सदस्य तर्फ बाँके क्षेत्र नं. २ क बाट भण्डारी लाल यादव,श्रवण यादव, ख बाट राजन राना मगर, बुद्धि सागर सुबेदी, दुर्गेश गुप्ता, माजिद अली शेषकाे नाम सिफारिस भएकाे छ । प्रत्येक निर्वाचन कमिटी बाट उम्मेदवारहरुकाे नाम सिफारिस भएका छन । अब जिल्लाबाट सर्टलिष्ट गरेर केन्द्र पठाउने सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिए ।