सुत्केरी महिला लाई हेलिकोप्टरमार्फत उद्धार


१७ श्रावण २०७९ जुम्ला । मुगु कार्मारोङ गाउँपालिका –३ पाखा मुगुकी २८ वर्षीया मिन्दिक लामा सुत्केरी हुन अस्पतालमा आएकी र चार दिन देखी लामाकाे टाउँकाेमा रगत जमेकाे रिपाेर्टमा देखी पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको थियाे  ।

यस्तो अवस्थामा तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्यूरो सम्वन्धीप्रतिष्ठानमा शल्यशिया नहुने भएकोले काठमाडौँमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनलाइ नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गर्नु परेको पहिलो हो । नन्दावक्स गण जुम्लाका गणपति रविन थापाले भने यसअघि उद्धार गर्नु परेको थिएन । जटिल केश भएका कारण उद्धार गर्नुपर्ने अवस्था आएको हो ।