रुपहिडियामा नशाको लागि तडपी रहेकाछन नेपाली युवाहरु

  • सन्ताेषा कुमार बिष्ट

७ असार २०७९ नेपालगंज  । नेपाल-भारत सिमानमा नशाको ब्यापर भयानक रुपले जरागाडेर बसेको छ अन्तर्राष्ट्रिय नशालु पदार्थका तस्करहरुको जालो खतरनाकरुपले फैलिएको छ कि जसलाई हटाउन सजिलो छैन भनौ असम्भवनै जस्तो छ । त्यो नशाको को जालोमा फसेका छन नेपाली युवाहरुको जीवन नरक जस्तै भएको छ र घरका बाबु आमा दुखि छन दिनहु युवा पिढी नसाको खाडलामा धासिदै गएका छ । नशाको त्रिसणा मेटाउन युवा हरु नजिकको सिमाना बजार रुपहिडिया धाउने गरेका छन ।  दिउसो मात्र न भई रातीको समयमा पनि नशाको खुराकको लागि भौतारिरहेको अवस्थामा सजिलै देख्न सकिन्छ नेपाली युवा युवतीहरुलाई प्रत्यक्ष दर्शी हरुको भनाई अनुसार केहिदिन अघि मात्र  राती चकियारोडमा नौ बजे तिर एउटा नेपालीकेटी लाई  दुईजना केटाहरुले लखेटी रहेका थिए र केहि परपुगे पछि केटीलाई समाती कुट्पिट गरि युवती संग भएको पैषा खोस्ने प्रयास गर्दै थिए ति तिनै जना युवा युवती नशामा लट्ठिएका देखिन्थे । यो घटना प्राय घटिरहन्छ ।

प्राईभेट बसपार्क को पछाडी गएर हेर्ने हो भने नशालु पदार्थ सेवन गरिरहेको देख्न सकिंछ त्यहि घसियरन टोलमा चिप्पड , स्मेक र अन्य नशालु पदार्थको बिक्रि केंद्र नै भन्दा फरक नपर्ला ,यस भंदाकेहि अघि केहि नसेडीहरुलाई भारतिय प्रहरीले कार्वाही न गरेको भने होइन , अहिले शान्तीनगर रोड  एरियामा केहि युवकहरुले पसल खोलेर ब्यापार गरिरहेको देखाएता पनि उनि हरुको मुख्य ब्यापार भने नशालु पदारर्थ नै हो ।

यतिमात्र न भई त्यो क्षेत्रमा चिकबन टोल, चकियारोड , बरथनवा, नया बस्ती , मुस्लिम बाग , राना पेट्रोल पम्प एरिया पनि नशालु पदार्थ बेच बिखनको मुक्य केंद्रनै भै सकेको छ । नथुनिया चौराहा, केवलपुर चुअराहा पनि नशालु पदार्थ पाईने र सेवन गर्ने ठाउको रुपमा चिनिन्छ जहा नेपाली युवा युवतीहरु नशाकोलागि त्यहा पुगेको पाईंछ , सुत्र को जानकारी अनुसार यो नशालु पदार्थ ओसार पसारमा नेपालका केहि युवकहरु  र मुस्लिम बाग मा एक जना ब्यक्ती स्मेक र अन्य नशालु पदार्थ बेच बिखन बाट आलिसान घर बनाएर बसेका छन । नयाँ बस्तीका भारतियको पहिलाे श्रीमतिको मृत्यु भै सकेकोछ र छोरा नेपालकाे जेलमा रहेको बुझिएकोछ साथै दोस्रो पत्नि लाई गत १० अप्रिल २०२२ मा एस.एस.बी.को टिमले १ सय २३ ग्राम स्मेक सहित जेल पठाएको छ ।

नशालु पदार्थको बेच बिखनमा लागेका हरुको जालो खतरनाक रुपले सिमा क्षेत्रमा फैलिएको छ, जसलाई तोडन सजिलो भने छैन , सिमानामा बेला बेलामा नेपाल् सिमानामा लागु पदार्थ ओसार पसार गर्ने हरु  न समातिएका भने होइनन नाकाका नया ईंचार्ज बरिष्ठ नायब निरिक्षक माधब रिजाल आए पछि केहि दिन भित्र साढे सत्र ग्राम , साढे पाच ग्राम , साढे चार ग्राम र एक ग्राम नसालु पदार्थ सहित पाच छ जना नशालु पदार्थ ओसार पसार गर्ने लाई  पक्राउ गरि कार्वाहीको लागि जी. प्र. का. पठाएको र यस सम्बंधी हाम्रो निगरानि कडा रहेको ईंचार्ज रिजाल ले बताउनु भयो ।

आजकालका युवा युवतीहरु नशाको लतमा परि आफ्नो नशाको पुर्तीको लागि पैसा चाहिने हुदा घरबाट पैसा नपाईने भएको ले चोरि तथा देह ब्यापार गर्न पनि तैयार हुन्छन, थसैले समयमानै सम्बंधित निकाय र समाजको ध्यान यस तर्फ जान जरुरी छ ।