नेपालगन्ज उपमहानगरपालिका मा गठबन्धनका उम्मेदवारहरु मेयर र उप मेयरमा भारी मतले विजयी

६ जेष्ठ २०७९ नेपालगन्ज । स्थानीय निर्वाचन १०७९ मा नेपालगन्ज उपमहानगरपालिका मा मेयर पदमा नेपाली कांग्रेसका प्रशान्त बिष्ट र उप मेयर पदमा जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राई भारी मतको अन्तरले विजयी भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका को प्रमुख पदमा ५ दलीय गठबन्धन अनुसार नै उम्मेदवार दिइएको थियोे, जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, तमलोपा पार्टीको गठबन्धन रहेको थियोे । मेयर पदका उम्मेदवार प्रशान्त बिष्टले २३ हजार ४ सय ६० मत लिएर विजयी भएका छन् भने उप मेयरमा जसपाका कमरुद्दिन राईले १७ हजार ९ सय ६० मत लिएर विजयी भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका  वडामा विजयी हासिल गर्ने वडा अध्यक्षहरु :‍ 
१) प्रमोद रिजाल – नेकपा एमाले
२) मनोज श्रेष्ठ – राप्रपा
३) अय्युब सिद्धिकी- नेकपा माओबादी केन्द्र
४) गोपाल पुन – नेकपा माओबादी केन्द्र
५) सराफत खान- जनता समाजबादी पार्टी
६) समीर प्रताप सिंह-नेकपा एमाले
७) प्रशान्त श्रेष्ठ-नेकपा एमाले
८) रजनिस बाजपेइ विवेक-राप्रपा
९) गोपाल प्रसाद रेग्मी-नेकपा एमाले
१०) श्रवण कुमार श्रेष्ठ-राप्रपा
११) नन्द किशोर कश्यप- नेकपा माओबादी केन्द्र
१२) तरुण बज्राचार्य- नेपाली काङ्ग्रेस
१३) सुरेस सिंह ठाकुर- जनता समाजबादी पार्टी
१४) मजहर अलि साइ-जनता समाजबादी पार्टी
१५) मदन बिक्रम शाह-जनता समाजबादी पार्टी
१६) कलिम अहमद जोलाह-नेकपा माओबादी केन्द्र
१७) लक्ष्मण प्रसाद वर्मा-नेपाली काङ्ग्रेस
१८) दिपक वर्मा-नेकपा एमाले
१९) परसुराम कुर्मी-नेपाली काङ्ग्रेस
२०) कौशल कुमार धोबी- जनता समाजबादी पार्टी
२१) राजकुमार साहु-नेपाली काङ्ग्रेस
२२) अब्दुल गफफार हलबाइ-जनता समाजबादी पार्टी
२३) जब्बर अलि बेहना- नेपाली काङ्ग्रेस