न्याम्सको आंगिक अस्पतालमा भेरी अस्पताल थपियाे

१२ साउन २०८० नेपालगंज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालमा भेरी अस्पताल थपिएकाे छ । गत चैतको मन्त्रिपरिषद्को बैठकले भेरी र भरतपुरलाई पनि आंगिक अस्पतालमा विस्तार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार अबदेखि भेरी र भरतपुरमा पनि एमडी, एमएस लगायतका शैक्षिक कार्यक्रमहरू पठनपाठन हुनेछन् ।